|

काठमाडौं : सर्लाहीमा भएका दुईवटा गोलीकाण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलले संसदमा अवरोध गरेका छन्। 

सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इन्चार्ज र इश्वरपुरमा एकजना युवकको प्रहरीको गोलीबाट ज्यान गएको घटनालाई लिएर प्रतिपक्षी दलले सदनमा अवरोध गरेका हुन्। 

संसदमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाहीमा भएका दुई हत्याकाण्डलाई राज्य आतंकको संज्ञा दिँदै संसदीय समिति बनाउन माग गरे।

‘सर्लाहीमा जुन ढंगले दुईजनाको हत्या गरियो। राज्यले यसरी जनतालाई मार्न पाउँदैन’, उनले भने, ‘विप्लवका इन्चार्ज कुमार पौडेलको हात भाँचेर गोली हानिएको छ। हात भाँचिएको मान्छेले कसरी गोली हान्न सक्छ?’, उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भनिएको छ। निर्ममतापूर्वक जनताको हत्या गरियो।’

तर सत्तारुढ दलका सांसद खगराज अधिकारीले गृहमन्त्रीले दुवै घटनाको बारेमा जवाफ दिइसकेको अवस्थामा संसद अवरोध गरेर प्रतिपक्षीले गैर संसदीय चरित्र देखाएको आरोप लगाए। 

प्रतिपक्षी दलको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटमा लागि स्थगित गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.