|

काठमाडौं :  ढिलो मनसुन आएपछि यस वर्ष देशभर रोपाईं पनि ढिलो नै भएको छ। यसले धानको उत्पादन घट्ने देखिएको छ। धान कम फल्दा समग्र आथिक वृद्धिमासमेत प्रभाव पार्ने गर्छ।

असार २३ गतसम्म देशभर २३ प्रतिशत मात्रै कृषिक धानको रोपाईं सकिएको कृषि अनुसन्धान विभागले जनाएको छ। कृषि अनुसन्धान विभागका अनुसार रोपाईंयोग्य १३ लाख ७१ हजार हेक्ट क्षेत्रफलमा असार २३ गतेसम्म तीन लाख २५ हजार हेक्टरमा मात्रै रोपाईं भएको छ।

अधिकांश रोपाईं असारमामा हुने गर्छ। तर असार सकिन एक साता बाँकी हुँदा ७७ प्रतिशत जमिनमा रोपाईं हुन सकेको छैन। देशको अन्‍न भण्डार  प्रदेश २ मा १०प्रतिशत मात्रै रोपाईं भएको छ। कम धान उत्पादन हुने कर्णाली प्रददेशमा ५१ प्रतिशत मात्रै रोपाईं सकिएको छ। 

त्यस्तै उच्चपहाडमा ३४, मध्यपहाडमा ३१ र  तराईमा २० प्रतिशत रोपाईं भएको छ। गतवर्ष यसै समयमा ५२.९५ प्रतिशत रोपाईं भएको थियो । गत वर्षको भन्दा २९ प्रतिशत कम रोपाईं भएको छ । पर्याप्त बर्षा नहुँदा रोपाईं हुन नसकेको विभागको तथ्यांकले ले देखाएको छ।

कुन प्रदेशमा कति रोपाईं

प्रदेश १ मा १८.४५ प्रतिशत

प्रदेश २ मा १०.२५ प्रतिशत

प्रदेश ३ मा २०.९९ प्रतिशत

 गण्डकी प्रदेशमा २८.५३ प्रतिशत

 प्रदेश ५ मा २९.५१ प्रतिशत

 कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत

र सुदुर प्रदेशमा ४४.४१ प्रतिशत।

अझै पनि मनसुन सक्रिय नहुँदा तराईका अधिकांश जिल्लामा रोपाईं हुन नसकेको विभागले जनाएको छ। नेपालको अधिकांश रोपाईं मनसुनमा आधारित छ। अहिले धान रोपाईं हुने जमिनमध्ये ६० प्रतिशत क्षेत्रमा सिचाईं सुविधा पुगेको छैन। ४० प्रतिशतमा मात्रै यस्तो सुविधा छ।

सिचाईंका साथै समयमै किसानले मल नपाउँदा रोपाईंमा समस्या भएको किसानहरुको गुनासो छ। धानको उत्पादनले समग्र आर्थिक वृद्धिमा प्रभाव पार्ने गर्छ। चालु आर्थिक वर्ष २०७५/०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.