|

काठमाडौं :  ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६  डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। 

मृतकहरूकाे सनाखत भएको छैन। बुधबार बिहान ३:१५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.