|

रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। रुकुमेली सामुदायिक अस्पताल प्रालिको प्राविधिक सहयोगमा मंगलबार एक दिने जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

स्थानीय ९६ वर्षीय जमुना पुनको स्वास्थ्य परीक्षण गरेर शिबिरको औपचारिक उद्घाटन गरिएको थियो। अस्पतालमार्फत नगरपालिकाकै सहयोगमा वडा नम्बर ७ झुल्खेतमा पनि शिविरको आयोजना गरिएको थियो। सोलाबाङको शिबिर मार्फत महिला १ सय २० र पुरुष ७५ गरि १ सय ९५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार गरेका छन्।

त्यस्तै झुल्खेतमा आयोजना गरिएको शिविरमा महिला पुरुष गरि १ सय २९ जनाले स्वास्थ्य चेकजाँच तथा उपचार गरेको अस्पतालका प्रबन्धक हरिबोल भारतीले जानकारी दिए। नगरपालिका जनताको स्वास्थ्य तथा विशेषगरी जेष्ठ नागरिक प्रति सहयोग गर्न स्वास्थ्य शिबिरको आयोजना गरिएको र आगामी वर्षहरूमा प्रत्येक वडाहरूमा लैजाने मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले बताए।

शिविरमा डाक्टरहरू राजेन्द्र पुनारा र राजकुमार भुजेल लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.