|

काठमाडौं : माओवादी केन्द्रका नेता एवं शिक्षा मन्त्री धनीराम पौडेलले सरकार र सहर केन्द्रित हुँदा माओवादीले साख गुमाएको बताएका छन्। काठमाडौंमा आज स्याङ्जा काठमाडौं जनसम्पर्क मञ्चको चौथो एकता भेलामा बोल्दै मन्त्री पौडेलेले माओवादीको साख पुरानो स्थितिमा पुर्‍याउन सत्ता सडक र सदनमा सशक्त भूमिका निर्वाह गर्दै गाउँ केन्द्रित अभियना सुरु गर्नुपर्ने बताएका हुन्।

उनले जनयुद्धको जगमा हासिल भएका उपलब्धि संस्थागत गर्न निर्माण भएको संविधानको कुशल कार्यान्वयनमा सरकार गम्भीर रहेको उल्लेख गरे।'सरकार सदन र सडकबाट पार्टीलाई पुनर्जिवित गर्न अब हामी सबै क्रियाशिल हुनुपर्छ,उनले भने,'जनयुद्धको जगमा हाँसिल भएका उपलब्धि संसथागत गर्न संविधानको कुशल कार्यान्वयनमा सरकार गम्भीर छ।'

स्याङ्जा काठमाडौं सम्पर्कमञ्चको भेलाले दयानिधी पौडेलको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.