|
फाइल फोटो

खोटाङ : खोटाङमा पहिरोमा पुरिएका आमा र दुई छोराको मृत्यु भएको छ।

लगातारको वर्षाका कारण शुक्रबार बिहान करिब ४ बजेतिर घर माथिबाट खसेको पहिरोले पुरिँदा बेपत्ता बनेका खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईकी २९ वर्षीय श्रीमती रेखा राई, ३ वर्षका जेठो छोरा रोमन राई र ७ महिनाको छोरा रोजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

पहिरोमा पुरिएका आमा र दुई छोराको शव निकाल्नका लागि ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरीक्षक चन्द्रकुमार राजबंशी नेतृत्वको प्रहरी टोली र स्थानीयबासी खटिएका थिए। दिनभर लगाएर पहिरो खोतलेर शव निकालिएको वडाध्यक्ष दिपेन राईले बताए।

विष्णुलाई भने आफन्तले पहिरोमा किचिएको अवस्थाबाट उद्धार गरिएको थियो। उनलाई उपचारका लागि खोटाङ बजार लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.