के हाे वास्तविकता?

|

विश्व वैज्ञानिक र प्रविधिगत तथ्यमा अघि बढिरहेको छ। यसै क्रममा भारत पनि आफ्नो दोस्रो अन्तरिक्ष मिसन चन्द्रयान २ को प्रक्षेपणको तयारीमा छ। तर, भारतकै आन्ध्र प्रदेशको एक दुर्गम गाउँ जहाँका मानिसहरूको मान्यता छ, कुवाको पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मिन्छ।

आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लाको रंगमपेटा मण्डलमा पर्ने दोद्दिगुन्टा गाउँको जनसंख्या चार हजार पाँच सय छ। यहाँका मानिसको मुख्य पेशा कृषि हो। जब एउटा निजी टेलिभिजनले उक्त गाउँमा रहेको कुवाको पानी पिएकै कारण जुम्ल्याहा बच्चा जन्मिन्छन् भन्ने खबर संप्रेषण गर्‍यो त्यसपछि यो गाउँ चर्चामा छ।

उक्त कुवा नै गाउँलेको पानीको प्रमुख स्रोत हो भने हालै पानीको धारा घरघरमा पुर्‍याइएको छ। उक्त गाउँमा धेरै जुम्ल्याहा छन्। तर, कति छन् भन्ने तथ्यांक भने छैन। गाउँका मुखिया अदापा बे‌ंकटेशका अनुसार गाउँमा करिब ११० जुम्ल्याहा छन्। कुवाको पानी पिएकै कारण गाउँमा जुम्ल्याहा बच्चा जन्मिने गरेको उनको दाबी छ। उनले गाउँमा विभिन्न उमेर समूहका जुम्ल्याहा रहेको बताए। उनले गाउँको विशेषता पनि यही नै रहेको सुनाए ।

यो शुरुवात कसरी भयो?

बीबीसीसँग कुरा गर्दै बेंकटेश रावले बताए अनुसार एक शिक्षक जनगणनाका लागि गाउँमा आएका थिए। उनले जनगणनाका क्रममा धेरै घरमा जुम्ल्याहा देखेपछि यो विषयलाई विशेष चासो दिएका थिए। करिब १५ वर्षअघिको जनगणनामा क्रममा गाउँमा जुम्ल्याहा देखेर ती शिक्षक चकित परेको रावले बताए।

जनगणनापछि ती शिक्षक सोही गाउँमै सरुवा भयो। रोचक के छ भने जब उनी त्यो गाउँमा बस्न थाले, सँगै रहेकी उनकी श्रीमतीले पनि जुम्ल्याहा बच्चा नै जन्माइन्। शिक्षकी श्रीमतीले पनि उक्त कुवाको पानी पिएकी थिइन्। ती शिक्षकले यो कुरा स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएपछि उक्त गाउँ चर्चामा आएको हो।

सो गाउँका मात्रै नभएर अन्यत्रबाट आएकाले पनि उक्त कुवाको पानी पिएपछि जुम्ल्याहा बच्चा जन्माउने गरेको रावको दाबी छ। हैदराबादबाट गाउँमा पानी लिन आएकी अनिताले विवाह भएको चार वर्षसम्म बच्चा नजन्मेको तर अब कुवाको पानी पिएपछि भाग्यले साथ दिने विश्वास व्यक्त गरिन्। 

यस्तै सोही गाउँमा बस्दै आएकी लक्ष्मीले पनि यसै महिना जुम्ल्याहा बच्चा जन्माएकी छन्। उनले पानी पिएकै कारण जुम्लिए जन्मिएको बताइन्। कुवाको पानीले रोग लाग्नबाट बचाउने गाउँलेको दाबी छ। घरघरमा पानी धारा जोडिए पनि गाउँका मानिसले अझै पनि कुवाकै पानी पिउने गर्छन्।

तर, जन विजनानाका उपाध्यक्ष एवं तर्कबेत्ता छल्ला रविकुमार यो कुरालाई मान्न तयार छैनन्। ‘यो कुरामा कुनै वैज्ञानिक तर्क छैन। पानी पिउँदैमा गर्भ रहन्छ।’ उनले भने, ‘पानी हाइड्रोजन र अक्सिजनका केही लवणको मिश्रण हो। क्याल्सियम कार्बोनेट, फलाम र क्यालियम पानीमा छन्। तर यसले गर्भधारणमा कुनै पनि मद्दत गर्दैन।’

उनले पानीकै कारण जुम्ल्याहा बच्चा जन्मने भए गाउँमा सबै बच्चा जुम्ल्याहा हुनुपर्ने र बच्चा नभएको कोही नहुनुपर्ने बताए।

पानी र गर्भधारणबीच के छ सम्बन्ध?

स्त्रीरोग विशेषज्ञ डा. पद्मजाका अनुसार सन्तान भएकालाई पानीकै कारण सन्तान हुन्छ र पानी पिएकै भरमा जुम्ल्याहा बच्चा जन्मिन्छ भन्ने कुरामा कुनै सत्यता छैन। उनले जुम्ल्याहा बच्चा जन्मिनका लागि जीन र वंशानुगत कारण जिम्मेवार हुने बताइन्।

उनी भन्छिन्, ‘गर्भधारण गर्ने बेला महिलाको युटरेस एक वा एक भन्दा बढी अण्डा उत्पादन गर्नसक्छ। यसले पनि जुम्ल्याहा बच्चा जन्मिन सक्छ। यस्तै जुम्ल्याहा जन्मनुमा गर्भधारण गर्न सक्ने क्षमता र उमेरमा पनि भरपर्छ।’ उनका अनुसार पानी पिएकै कारण जुम्ल्याहा बच्चा जन्मिन्छन् भन्ने कुरा कुनै पनि हालतमा वैज्ञानिक छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.