|

लस एन्जेल्स : अमेरिकाको क्यालिफोर्नियामा एक पुलिस अधिकारीले १७ वर्षीया किशोरीलाई गोली हानी ज्यान लिएका छन्। प्रहरीले हानेको गोली लागेर १७ वर्षीया हन्ना विलियम्सको मृत्यु भएको हो। 

हन्नाले एक नक्कली बन्दुकबाट पुलिस अधिकारीतर्फ निशाना साँधेकी थिइन्। अधिकारीले किशोरीको हातमा सक्कली बन्दुक रहेको ठानेर गोली हानेको हो। यो घटना गत साताको हो। घटनासँग सम्बन्धित एक भिडियो शुक्रवार फुलर्टन पुलिस विभागले सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक भएपझि किशोरीका परिवारले घटनाको स्वतन्त्र जाँच गर्न माग गरेका छन्।

भिडियोमा देखिए अनुसार गोली लागेपछि हन्ना सहयोगको गुहार मागिरहेकी थिइन्। यो घटना ५ जुलाईमा भएको हो। यसबारेमा पुलिसले परिवारजनसँग सोधपुछ गरेको छ। भिडियोमा हन्नाको हातमा नक्कली बन्दुक देख्न सकिन्छ। 

पुलिसले एउटा अडियो पनि जारी गरेको छ । यसमा उनका पिता बेन्सन विलियम्स बेपत्ता छोरीकोबारेमा कुरा गरिरहेको देखिन्छन्। छोरी हराएको ९० मिनेटपछि ती बाबु उजुरी लिएर प्रहरीकहाँ पुगेका थिए। विलियम्सका अनुसार उनी धेरै डराएका थिए। छोरीले कतै आफैँलाई क्षति गर्छिन् कि भन्ने चिन्ता उनमा थियो। उनकी छोरी केही समयदेखि डिप्रेसनमा परेकी थिइन्।

पुलिसका अनुसार हन्नामाथि भएको घटनाका क्रममा त्यहाँ रहेका अधिकारीसँग कुरा गरेपछि घटनाबारे नयाँ तथ्य बाहिर आएको हो । अधिकारीका अनुसार हन्ना धेरै तीव्र गतिमा गाडी चलाइरहेकी थिइन्। उनी आफ्नो कुकुरलाई अस्पताल लगिरहेकी थिइन्। जब प्रहरीले उनलाई रोक्ने प्रयास गर्यो तब उनलले इन्कार गर्दै अघि बढेकी थिइन्।

हन्नाले यु-टर्न लिएर गाडी अर्को दिशामा लैजाने प्रयास गरेकी थिइन्।  त्यहीकारण उनी गतलबाटोमा पुगिन् । अन्तिममा प्रहरीले जब उनलाई रोक्न खोज्यो तब उनले पुलिसतर्फ बन्दुक ताकेकी थिइन्। त्यही कारण उनीमाथि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । तर पछि त्यहाँ गएर हेर्दा बन्दुक नक्कली भेटिएको थियो। 

भिडियो फुटेजमा जब प्रहरी उनले हाँकेको गाडीतर्फ अघि बढ्यो तब उनी बाहिर निस्केर बन्दुक ताक्दै अघि बढिन्। हन्नाका परिवारले पुलिससँग यस मामिलाको स्वतन्त्र जाँच गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.