|

मुगु : पश्चिम खत्याड भेगमा रहेको खत्याड गाउँपालिकामा ढुंगामुडा हुँदा दुईजना गम्भीर घाइते भएका छन्। वडा नम्बर ३ को कार्यालय सार्ने विषयमा गाउँपालिका र स्थानीयबीच विवाद हुँदा आक्रोशित स्थानीयले गाउँपालिकाको कार्यालयमा ढुंगामुडा प्रहार गरेका हुन्।

स्थानीयले गरेका ढुंगामुडाबाट खत्याड गाउँपालिकाका कार्यालय सहयोगी गणेश थापा र वडा-७ कि दलित महिला सदस्य उम्मकला भियाल घाइते भएका स्थानीय गणेश टमटाले बताए। घटना शनिबार भएको हो। घाइते दुवैजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि आइतबार हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ। घटनास्थल सदरमुकामबाट दुई/तीन दिनको पैदल दूरीमा पर्छ।

जनताको मागका आधारमा नभई गाउँपालिकाले मनपरी ढंगले रानाकोट अपाएक पर्ने स्थानमा वडा कार्यालय स्थापाना गर्ने निर्णयको विरोध गदै स्थानीयले ढुंगामुडा गरेका हुन्। ११ वटा वडा रहेको खत्याड गाउँपालिकामा वडा नं ३ मा राजनीतिकरणले वडा कार्यालयका विषयमा विवाद  सिर्जना भएको स्थानीयको भनाइ छ।

जनताको मागलाई बेवास्ता गरी पायक नपर्ने ठाउँमा वडा कार्यालय सार्ने गाउँपसभाबाट निर्णय भएपछि विवाद सिर्जना भएको वडा नम्बर ३ का अध्यक्ष सुकेन्द्र बानियाँले बताए। उनका अनुसार जनताको माग भाड् टुकुरीमा वडा कार्यालय हुनुपर्ने थियो। गाउँपालिकाको गाउँसभाबाट रानाकोटमा वडा कार्यालय स्थापना गर्ने निर्णय पारित भयो। गाउँसभाको निर्णयसँगै विवाद सिर्जना भएको वडा अध्यक्ष बानियाँले बताए। 'गाउँपालिकाले अनुगमन, मूल्यांककन नगरी रानाकोटमा वडा कार्यालय स्थापाना गर्ने निर्णयको विरोध गरेका छौँ' उनले भने। 

स्थानीय, जनप्रतिनिधिले वडा कार्यालय भाड टुकुरीमा राख्ने पर्ने माग गरे पनि गाउँपालिकाले रहस्यमय ढंगबाट कार्यालय रानकाकोटमा स्थापना गर्ने निर्णय गरेको उनको आरोप छ। 'स्थानीयले जग्गा निःशुल्क दिएर पास गराइसकेका थिए' उनले भने 'अकस्मात वडा कार्यालय सार्ने निर्णयले स्थानीय दुखी बनेका हुन्।'

यता, खत्याड गाउँपालिकाका उपाअध्यक्ष जयानन्दा रावलका अनुसार गाउँलेले आफैँ विवाद सृजर्ना गरेको बताइन्। 'गाउँमै मिलाउने कुरा गाउँपालिकासम्म नआउनु पर्ने हो' उनले भनिन् 'तर गाउँलेहरू आफूहरू नमिलेर यो विवाद गाउँपालिकासम्म ल्याएको हुनाले गाउँपालिकाले बहुमतको कदर गरी स्थानीयले ल्याएको गैरसरकारी विधेयकअनुसार वडा कार्यालय रानकोटमा स्थापाना गर्ने निर्णय गाउँसभाले गरेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.