|

दाङ: दाङमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका एक ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १२ केचलीका २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो।

खुकुरी प्रहारबाट दुबै हात र बाँया खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगंजमा उपचारपछि थप उपचारका लागि लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदबिक्रम शाहले बताए। यस विषयमा अनुसन्धानलाई तीब्र पारिएको समेत प्रहरीले बताएको छ।घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए। शनिबार दिउँसो सवा दुईबजेतिर केही युवाको समूहले तुलसीपुर ११ स्थित जनबहार चोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए।

त्यसैगरी दाङमा बबई नदीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन्। बबई गाउँपालिका १ का ६० वर्षीय भुपाल कामी बेपता भएको वडानम्बर १ की वडासदस्य पूर्णकली बिकले बताइन्। शुक्रबार वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कदै गर्दा  साढे ५ बजेतिर बगेर नदीले बगाएको र अझै नभेटिएको  बिकले बताइन।

बिकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको वडा सदस्य बिकले बताइ। अहिले स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहे पनि पानीको वहाब बढेकाले खोजी कार्य प्रभावित भएको समेत वडा सदस्य बिकको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.