|

काठमाडौँ: आइतवार राति सन् २०१५ को उपविजेता न्युजिल्यान्ड र २७ वर्षपछि उपाधि भिडन्त गरिरहेको इङ्ल्यान्ड उपाधि भिडन्त गरिरहेका थिए। टस जितेर पहिले ब्याटिङ गर्दै २४१ रन बनाएको अवस्थामा जवाफी ब्याटिङमा उत्रिएको आयोजक इङल्यान्डले पनि त्यति नै रन बनायो।

त्यही सयमा समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले टेलिभिजन स्क्रिनको फोटोसहित सामाजिक सञ्जाल ट्विटरमा एउटा ट्विट गर्न भ्याए । 

जसमा उनले विश्वकपको फाइनल भिडन्त न्युजिल्यान्ड र इङल्यान्डको नभइ अस्ट्रलेयिलाले फाइनल खेलिरहेको आसयहितको सन्देश थियो । उनले क्रिकेटलाई अनिश्चयको खेल त्यसै नभनिएको बताउँदै आफ्नो भनाइ राखेका छन्। 

'क्रिकेट अनिश्चयको खेल त्यसै भनिएको हैन रहेछ! आइसीसी विश्वकपको फाइनलमा अष्ट्रेलिया र न्युजील्याण्डको खेल रोमान्चक मात्र होइन, गजब रह्यो ! ५० ओभरमा दुवैको २४१/२४१ रन!

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.