|

भद्रपुर, झापा : फुलवासा खोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका १२ स्थित माता पाथीभरा टोल बस्ने गङ्गाराम प्रसाईँको ३ वर्षीय छोरा अजित प्रसाईँ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी अनुसार  सोमबार बिहान ७ बजे गङ्गाराम धानको बीउ काट्न भनी घरदेखि पूर्वपट्टी फुलवासा खोला तरेर खेतमा गएको बेला उनलाई पछ्याउँदै गएका उनका छोरा अजितको त्यही खोलामा डुबेर मृत्यु भएको हो। खोलाले बगाउँदा बालक अजित डुबेको र स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि पठाए पनि उनको मृत्यु भइसकेको थियो।

झापामा पाँचदिनदेखि अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। शिवसताक्षी ५ सालमारा ९ वर्षीय सौगात चापागाईँ र दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रवार मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.