|

काठमाडौं :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो प्रभावितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। कांग्रेसले नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह पनि गरेको छ।

प्रभावित क्षेत्रमा सरकारले उद्धार र राहत कार्यक्रम चलाइरहेको अवस्थाको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केही दिनयता मुलुकको विभिन्‍न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले यही असार २७ गते दुःख व्यक्त गरेको थियो।

 ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ। विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना समेत गरेको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.