सभामुखलाई तर्साएर संसद स्थगित गराएको आरोप

|
फाइल फोटो

 काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले संसदको नियमित प्रक्रिया रोकेर बाढीपीडितको राहत र उद्धारबारेमा छलफल गर्न डराएर सरकार भागेको जिकिर गरे। 

बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले संसदको नियमित प्रक्रिया रोकेर बाढीपीडितको राहत र उद्धारबारेमा छलफल गर्न डराएर सरकार भागेको जिकिर गरे। 

‘हामीले नियमित प्रक्रिया रोकेर बाढीपहिरो पीडित र राहत तथा उद्धार कार्यक्रमबारे छलफल गर्न भनेका थियौँ। तर १० दिनसम्म संसद स्थगित गरेर सरकारले बदमासी गरेको छ’, उनले भने, ‘देशभरी बाढी आएको छ, पहिरो र डुबानले अर्बौँको क्षति भएका बेला जनता त्राहीमाम भएका छन्। यस्तो बेलाम सबै एकतावद्ध भएर जाऊँ भन्ने पक्षमा हामी थियौँ तर सरकारले संसद स्थगित गरेर भाग्यो।’

सभापति देउवाले बाढीपीडितको राहत कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरुले सबै दल एकैठाउँ उभिने वातावरण बनाउन संसदमा विशेष महत्वको प्रस्ताव दर्ता गरेको जिकिर गरे। ‘सिरियस कुरामा छलफल गर्न नदिन सत्ता पक्षले संसद अवरुद्ध गरेकोमा अचम्म लागेको छ’, उनले भने, ‘सरकारको यो कदमले नेकपाकै सांसद पनि असन्तुष्ट छन्, यो बेठीक भयो।’

सभापति देउवाले सरकारले बदमासी गरेको भन्दै संसारमै यस्तो अभ्यास नहुने जिकिर गरे। ‘सभामुखलाई कसैले तर्सायो होला मैले भन्न सक्दिनँ’, उनले भने, ‘तर जे भयो बेठीक भयो।’

कांग्रेसले सोमबारै राजपासँग मिलेर संसदको नियमित प्रक्रिया स्थगित गरी बाढीपीडितको राहत कार्यक्रमबारेमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । तर कांग्रेसको उक्त प्रस्तावको बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले साउन ८ सम्मका लागि बैठक स्थगित गरिदिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.