|

काठमाडौं : लगातारको वर्षाको कारण देशभर ठूलो धनजनको क्षेति भएपनि कुलेखानी जलासय भरिपछि पूर्ण क्षमतामा संचालनमा आएको छ। जसको कारणले भारतबाट नेपालले आयात गर्ने विद्युतमा कटौति गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मीटर रहेकोमा यस वर्ष सोमबार विहान नैं सो सतह पूरा भएको छ। जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले खुसी व्यक्त गर्दै भने ‘विगतमा हिउँदका लागि संचित गर्न वर्खामा कुलेखानी विद्युत गृह चलाइदैनथ्यो , अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई  पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत् आयातलाई घटाएका छौं।’ 

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। कुलेखानी वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो। विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ। 

अघिल्लो महिनाको तुलानमा हाल भारतबाट विद्युतको आयात २०० मेगावाट कम गरिएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ। अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ। अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.