|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल संविधान कार्यान्वयन गर्ने विषयमा गम्भिर नभएको आरोप लगाएका छन्।

' निर्वाचन गर्नुपर्ने तथा संविधान कार्यान्वयन गर्नुपर्ने अवस्थामा कैची र सलाई खल्तीमा बोकेर १ झुण्ड मान्छे हेलिकोप्टरमा बोक्दै प्रधानमन्त्री दौडिरहनु भएको छ। उहाँ संविधान कार्यान्वयन र निर्वाचनमा गम्भिर हुनुहुन्‍‍न,' एमाले संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी ९ दलको बैठकपछि जानकारी दिन आयोजित कार्यक्रममा ओलीले भने।

उनले सरकारले देशमा उदण्डता र उत्तेजना फैलाइरहेको आरोप लगाए। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएकाले त्यस विषयमा एमालेले छलफल गर्न नदिएको उनको भनाइ छ।

प्रतिपक्षी ९ दलले ९ बुँदे माग राखेर पुस २२ गते जनदबाब सिर्जना गर्न विरोध प्रदर्शन गर्ने जानकारी उनले कार्यक्रममा दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.