|

काठमाडौं : केहि दिनको लगातार वर्षाले पुल बगाएपश्चात अप्ठ्याारोमा परेका स्थानीयका लागि सशस्त्र प्रहरीले बेलिब्रिज निर्माण गरेको छ। सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा बाढीले बगाएर लगेपछि ५ दिनदेखि आवागमन ठप्प भएको थियो।

सडक संजालबाट सम्पर्क टुट्दा असहज अवस्था सिर्जना भएकाले बेलिब्रिज निर्माण गरी आवागमनलाई सहज बनाइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस सम्हालेका प्रहरी निरीक्षक दीपक कोइराला बताए।

पुलको किनारा कटान हुँदा ५ दिनदेखि आवागमन ठप्प रहेको स्थानीय श्यामलाल राजवंशीले बताए। 'मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारीपारी गर्न नसक्ने अवस्था थियो। राजमार्गसम्म बिरामी ल्याउन पनि बैकल्पिक बाटो थिएन' उनले भने।

पुल निर्माणपश्चात मोटर साइकललगायत २ पांग्रे सवारी र स्थानीयलाई आवतजावत गर्न सहज भएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.