|

धनगढीः कैलालीको धनगढी उप–महानगरपालिका नगरक्षेत्रका किसानलाई पावर टिलर उपलब्ध गराएको छ। 

धनगढी उप-महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बिहीबार पावर टिलर हस्तान्तरण गरेकी छन्। उप-महानगरपालिका भित्रका कृषक समूह, कृषि सहकारी संस्था, फर्म र व्यक्तिलाई ५० प्रतिशत अनुदानमा पावर टिलरहरु उपलब्ध गराएको उप–प्रमुख सुशीला मिश्र भट्टले बताइन्। 

‘धनगढी उप-महानगरपालिकाले कृषि प्रणालीलाई प्रविधियुक्त बनाउने नीति लिएको छ’ उनले भनिन्, ‘त्यसैले व्यावसायिक किसान, कृषक समूह, कृषि सहकारीहरूलाई पावर टिलर अनुदानमा दिएका हौँ।’ 

उप-महानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले ३ वटा कृषक समूह, २ वटा कृषि सहकारी संस्था, ३ वटा फर्म र २ जना व्यावसायिक किसानहरू गरी १० जनालाई पावर टिलर हस्तान्तरण गरेको बताए। 

एक लाख ८५ हजार लागत मूल्य पर्ने पावर टिलरमा धनगढी उप-महानगरपालिकाले ९२ हजार ५०० अनुदान उपलब्ध गराएको थियो। यस अघि पनि विभिन्न कृषक समूहहरूलाई पम्पसेट, मोटर, बोरिङ लगायतका कृषि उपकरण ८० प्रतिशत र पूर्ण अनुदानमा समेत उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ।

‘किसानलाई बीउ बिजनदेखि आवश्यक तालिम समेत सञ्चालन गर्दै आएको छौँ’ उप-प्रमुख भट्टले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.