खाँदबारीमा उपचार हुन नसकेपछि धरान लगियो

|

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने एक मजदुर भिरबाट लडेर गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा खाँडाचक्र नगरपालिका ६ का भक्तबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।खाँडाचक्र ६ का शाही अरुण तेस्रो आयोजनाको ड्याम साइडबाट पावर हाउस दिदिङ जाने सडक खण्ड मकालु गाउँपालिका ५ आम्राङमा वाल निर्माणका क्रममा सडक छेउको भिरबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइते शाहीको टाउँको मा गहिरो चोट लागेको छ भने  ढाड र शरिहका विभिन्नका भागमा चोट लागेको छ। उनको देब्रे हात भाँचिएको छ। शाहीको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुनसरीको धरान पठाइएको जिल्ला अस्पतालले जनाएको छ।

उनको टाउकोमा गहिरो चोट र शरीरका विभिन्न भागमा चोट लागेको र जिल्ला अस्पताल खाँदबारीमा उपचार गर्न आधुनिक उपकरण नभएका कारण धरान रेफर गरेको जिल्ला अस्पतालले जनाएको छ। 

सेफ्टी सामग्री नभएका कारण धेरैको ज्यान जोखिममा  

अरुण तेस्रोमा काम गर्न अधिकांश मजदुरलाई निर्माण कम्पनीले प्रयाप्त मात्रामा सेफ्टी सामग्री नदिएको कारण ठूलो चोट लागेको उनका साथी खाँडाचक्र नगरपालिका १० का तपेन्द्र शाहीले बताए। सेफ्टी साम्रगी नभएकै कारण भक्तलाई गम्भीर चोट लागेको बताए। निर्माण कम्पनीले सेफ्टी सामग्री पर्याप्त नदिँदा अरुण तेस्रोमा आधा दर्जन जतिले ज्यान गुमाइ सकेको छन्।

सेफ्टी सामग्री नहुँदा अझै धेरैले अकालमै ज्यान गुमाउन पर्न अवस्था भएको मजदुरको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.