|

तनहुँ : पौडी खेल्ने क्रममा तनहुँमा एक बालकको शनिबार नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका १ का १२ वर्षीय विवेक विश्वकर्माको रहेका छन्।  

जिल्लाको भिमाद नगरपालिका ५ स्थित मामाको घरमा गएको अवस्थामा सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

पौडी खेल्ने क्रममा डाइभ हान्दा नदीमा रहेको जलजले माटोमा टाउको गडेपछि उनको घटनास्थलमै मृत्यु भएको लामिछानेले बताए। उनीसँंगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकोले घटनाको बारेमा प्रहरीले ढिलो जानकारी पाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली गएर मृतकको शव बाहिर निकालेर पोष्टमार्टमको लागि दमौली अस्पतालमा ल्याई राखिएको छ। त्यसैगरी जिल्लाको भानुनगरपालिका १३ चन्द्रावतीका आठ वर्षीय सुवास अधिकारीको घाँटीमा डोरीको पासो लागि मृत्यु भएको छ। आमा र हजुरबुबा काममा गएको समयमा ९२ वर्षीय मैया अधिकारी घरमा रहेको अवस्थामा ती बालकले डोरीमा खेल्ने क्रममा पासो लाग्न गई मृत्यु भएको प्रहरीले जनाएको छ।

उठ् बस गर्न नसक्ने बृद्धा हजुरआमा घरमा रहेपनि ती बालकले जानी जानी नभई डोरीमा झुण्डिने क्रममा अचानक घाँटीमा पासो लाग्न गई मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.