|

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्युनिस्ट क्रान्तिको तत्कालीन लक्ष्य समाजवाद उन्मुख जनताको जनवाद सुदृढ गर्नु रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले समाजवाद उन्मुख जनताको जनवादका लागि राष्ट्रिय पुँजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधीन राष्ट्रको रुपमा स्थापित गर्ने समेत बताए।

४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री गुरुङले जनताको जनवाद र राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादको लक्ष्य पूरा हुन सक्ने बताएका हुन्।

‘हाम्रो तात्कालीन लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादनको विकास कसरी गर्ने भन्ने नै हो,’ उनले भने, ‘यी दुई काम  गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो।’

सामन्तवाद अन्त्य भए पनि यसको केही अवशेष बाँकी रहेकाले यसलाई समाप्त गर्ने चरणमा आफुहरु रहेको समेत मन्त्री गुरुङले बताए। उनले भने, ‘पुष्पालालहरुले हिँडेको मार्गदिशाबाट नै नेपालमा विकासको लहर आउनेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.