|
फाइल फोटो

गुल्मी : गुल्मीको सत्यावती गाउँपालिका ३ ठूलोलुम्पेक र वडा ४ लिम्घाका पहिरो पीडितका लागि खाद्यान्न हेलिकोप्टरबाट पठाइएको छ।

पहिरो गएको स्थानमा जानका लागि बाटोको बीचबीच स्थानमा पहिरो खसेकाले सवारी साधन पुग्न नसकेका कारण खाद्यान्न लिएर जान नसकिएको हो। भरखरै खनिएको धुले बाटो भएकाले बीचबीचमा पनि पहिरो गएको र अलि विकट बस्ती भएकाले समस्या भएको हो।

खाद्यान्नको समस्या हुन थालेपछि हेलिकोप्टरमार्फत खाद्यान्न पठाइएको जिल्ला विपद व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। उनका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा पोखराबाट खाद्यान्न ल्याइएको हो।

घाइते भएका १० वर्षीय करिशमा त्रामु र १३ वर्षीय धनी त्रामुलाई सोही हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको पनि पौडेलले बताए। उनका अनुसार प्रदेश ५ का सामाजिक विकासमन्त्री शुर्दशन बराल स्वास्थ्यको टोलीसँगै प्राभावित क्षेत्रमा पुगेका छन्।

जिल्लाबाट राहतका सामग्रीहरू जन नसके पनि स्थानीय स्तरबाट व्यवस्थापन गरिएको पौडेलले बताए। ठूलोलुम्पेकको गाउँमा पहिरोका कारण वरपर जोखिम रहेको भन्दै त्रास फैलिने र मनोवैज्ञानिक रूपमा पनि असर पर्ने देखिएकाले लिम्घा र ठूलोलूम्पेकका बस्तीका करिब छ सय जनालाई स्थानीय विद्यालयमा मेस संचालन गरी राखिएको पौडेललको बताए।

मंगलबार बिहान परेको अविरल वर्षाका कारण गएको पहिरोले ११ जनाको ज्यान लिएको थियो भने अझै दुई जना  बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथको टोली परिचालन गरिएको प्रजिअ पौडेलले जानकारी दिए। खोजीकार्यका लागि पाल्पाबाट २५ जनाको सेनाको टोली गुल्मी आएको भन्दै सदरमुकाम तम्घासबाट ‍सेनाको टोली, सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक र नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको टोली खोजी कार्यमा लागेको पौडेललको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.