|

सामसुङले आफ्नो पहिलो फोल्डिङ स्मार्टफोन तयार भएको घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त फोन दुई महिनाभित्र बजारमा आउनेछ। 

यसअघि नै लन्च गर्ने भनिएको उक्त सेटको स्क्रिनमा खराबी देखिएपछि सार्वजनिक हुने मिति पछि धकेलिएको थियो। सामसुङले स्क्रिनमा देखिएको समस्या समाधान गरिएको जनाएको छ। प्रतिस्पर्धीभन्दा अगावै फोल्डिङ फोन बजारमा ल्याइसक्ने कम्पनीको लक्ष्य छ। उक्त सेटको मूल्य दुई लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ।

विश्वकै दोस्रो ठूलो स्मार्टफोन बिक्रेता चिनियाँ कम्पनी हुवावेले पनि सेप्टेम्बरमै फोल्डिङ फोन ल्याउने तयारी गरिरहेको बताइएको छ। स्क्रिनको थप परीक्षण आवश्यक देखिएको भन्दै हुवावेले ‘लन्च’ गर्ने मिति सार्दै आएको छ। गत वर्ष चीनकै साओमी कम्पनीले बजारमा ल्याएको फोल्डिङ स्क्रिनसहितको प्रविधिलाई पछि ट्याब्लेटमा रुपान्तरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.