|

प्यूठान : झिमरूक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका ठूलाबेसी नजिकबाट झिमरूक नदी तर्न खोज्दा गौमुखी गाउँपालिका ४ पुजाका अन्दाजी ३५ वर्षीय  किसान पुनको ज्यान गएको हो। ठूलाबेसीदेखि करिब डेढ किलोमिटर तल फड्के भन्ने स्थानमा पुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय प्युठानको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई)बुद्धिप्रसाद राना नेतृत्वको एक टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्युठान लैजाने तयारी गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.