विश्व

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौजनाको मृत्यु
SHARES

२ सय १६ दिनमा यो समेत २ सय ५२ गोलीकाण्ड

साउन १९, २०७६

    अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ। गोलीकान्डमा अरू १६ जना घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। ओरेगनको डेटनस्थित एउटा मदिरा पसल बाहिर गोलीकान्ड भएको हो।

    आक्रमण के कारणले गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी प्रमुख म्यान कार्बरले बताए। आक्रमणकारीले कुन उद्देश्यले उक्त घटना घटाए भन्ने बारेमा खोजी भइरहेको उनले बताए। घटनाको अनुसन्धानमा सघाउन संघीय जाँच व्युरो (एफबिआइ)का गुप्तचरहरू पनि घटनास्थलमा पुगेको बताइएको छ।

     अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य २६ जना घाइते भएको घटनाको चर्चा र शोक सेलाउन नपाउदै यो गोलिकाण्डले अर्को पीडा थपेको छ । अमेरिकामा सन् २०१९ लागेपछि २१६ दिनमा यो समेत २५२ गोलीकाण्ड भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]