|

काठमाडौं : सनराइज बैंकले काठमाडौंको नैकापमा शाखा संचालनमा ल्याएसँगै ११६ वटा शाखा पुर्‍याएको छ। नैकापमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र सनराइज  बैंकका संचालक समितिका सदस्यहरु बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को कारोबारको उद्घाटन गरेका हुन्। 

हालसम्म सनराइज बैंकको ११६ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा एटिएममार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.