|

बोस्टन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडा एनसिसी (राष्ट्रिय समन्वय परिषद्) को निर्वाचन भएको छ। 

पाँच क्षेत्रका लागि शनिबार भएको निर्वाचनले १३ सदस्यीय समिति निर्वाचित गरेको छ। अगस्त १७ मा हुने अधिवेशनले चार सदस्य मनोनित गरी एनसिसीलाई १७ जनाको बनाउने छ।

निर्वाचनमा ब्राम्टन क्षेत्रबाट पिताम्बर भट्टराई र नेत्र खतिवडा छानिएका छन्। मिसिसागा क्षेत्रबाट तुला भट्टचन र विजय पौडेल निर्वाचित भएका छन्। स्कार्बोबाट फणिन्द्र श्रेष्ठ र उज्ज्वल थापा, मानिटोवाबाट सुशिल दोरंगा, र ब्रिटिश कोलम्बियाबाट शरद शेरचन छानिएका हुन्। 

‘नेपालीका लागि नेपाली’ु भन्ने नाराका साथ सन् २००३ अक्टोबर ११ मा एनआरएनको स्थापना भएको हो। यसका विभिन्न ७८ देशमा शाखा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.