|
फोटो : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

काभ्रे : भूकम्प गएको २० महिना बितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउन सकेका छैनन्। उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ।

परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदा समेत केही राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताए। 

‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्‍ने अवस्था छ,’ दनुवारले भने,‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था एकदमै नाजुक छ यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्‍न बाध्य छन्।’ 

आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्‍ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताए।

पिछडिएका दनुवार समुदायको बसोबास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.