|

हेटौंडा : प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले  पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका  सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गरेका हुन्।

सोमबार एक सन्देश जारी गर्दै मुख्‍यमन्त्रीले  भनेका छन्, 'नेपाल बहुजातीय बहुसांस्कृतिक देश हो। सबै जाति र संस्कृतिका चाडपर्वहरूप्रति सरकारको  उत्तिकै सम्मान छ। सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडिदेखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ।

अनगिन्ति प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन्। बहुजाति भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ।' 

मुख्यमन्त्री पौडेलले संविधानले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको बताएका छन्। तीनवटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ 'सुखी नेपाली, समृद्ध नेपाल' बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको स्पष्ट पारे।

उनले भनेका छन्, 'बकर इद पर्वको यस पावन अवसर मा राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.