|

काठमाडौं : कश्मीर मुद्दालाई लिएर पाकिस्तानले भारतप्रति अझै कडा रणनीति अख्तियार गर्ने संकेत गरेको छ। पाकिस्तान सरकारले त्यहाँस्थित टेलिभिजन च्यानलहरूलाई आगामी बुधबार र बिहिबार दुई भारतविरोधी सामग्री मात्रै प्रसारण गर्न निर्देशन दिएको हो।

भारतले संविधानको अनुच्छेद ३७० खारेज गरी जम्मु-कश्मीरलाई दिएको विशेषाधिकार खोसेपछि पाकिस्तान क्रुद्ध बनेको छ। पाकिस्तानको सञ्चारमाध्यम नियमन प्राधिकरणका महाप्रबन्धक मोहम्मद ताहिरले जारी गरेको परिपत्रमा कश्मीरी नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्न ईदका विशेष कार्यक्रमसमेत प्रशारण नगर्न निर्देशन दिएका छन्।

सबै स्याटेलाइट टेलिभिजन च्यानल, एफएम रेडियो र सञ्चार माध्यमहरूलाई कश्मीरप्रति ऐक्यबद्धता झल्किने सामग्री प्रकाशन रप्रशारण गर्न पनि निर्देश गरिएको छ।

पाकिस्तानी स्वतन्त्रता दिवस अर्थात १४ अगस्टलाई काश्मिरीहरूप्रति ऐक्यबद्धता जनाउने दिवसका रूपमा पाकिस्तानले मनाउने भएको छ । यस्तै, १५ अगस्टलाई कालो दिनरूपमा मनाउने निर्णय पाकिस्तानले गरेकोछ। यो दिन देशको झण्डा आधा झुकाउने जानकारी पनि परिपत्रमा उल्लेख छ ।

त्यस दिनभर भारतविरोधी सामग्री प्रकाशन र प्रशारण गरिने भएको छ। भारतमा मुस्लिम र अल्पसंख्यकहरूमाथि भएको अत्याचारविरूद्ध प्रचार गर्न पनि पाकिस्तान सरकारले सञ्चारमाध्यमलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.