समाज : सुरक्षा/अपराध

अवकाशप्राप्त सैनिकलाई ६ समूहमा विभाजन गरेर निवृत्तिभरण
SHARES

साउन २७, २०७६

    काठमाडौं : नेपाली सेनाले सेवाबाट अवकास पाएका सैनिकका लागि ६ प्रकारको कल्याणकारी निवृत्तिभरण संचालन गरेको छ। निवृत्तिभरण पाउने सैनिकलाई ६ समूहमा विभाजन गरेर सोही संख्यामा फरकफरक रंगको पट्टा प्रयोगमा ल्याएको छ।

    नेपाली सेनामा सेवा गरेर अवकाश भएपछि आर्थिक राहत पुर्‍याउने उद्देश्यले सेनाले ४४ वर्षअघि अर्थात् २०३२ सालमा शान्तिसेनामा खटिएबापत प्राप्त एक करोड २४ लाख १ हजारबाट सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो।

    अर्धवार्षिक रूपमा दुई हजार ५०० रुपैयाँ तथा वार्षिक रूपमा पाँच हजार रुपैयाँका दरले साधारण निवृत्तिभरण प्राप्त गर्ने सकल दर्जालाई पहेँलो रङको पट्टाको व्यवस्था गरिएको छ। ७० वर्ष उमेर नाघेका भूतपूर्व सैनिक तथा आश्रित परिवारका लागि एक हजारका दरले ज्येष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण पाउनेलाई हरियो रङको पट्टा उपलब्ध गराइएको छ। उक्त कोषमा हाल ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ मौज्दात रहेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिएका छन्।

    उक्त कोषको यथार्थ सम्पत्ति अहिले ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको सेनाले जानकारी दिएको छ।

    वीरगति प्राप्त तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु हुने सैनिकका परिवार (श्रीमान/श्रीमती) विधवा र विदुरका साथै कालगतिले मृत्यु हुने अवकाश प्राप्तका श्रीमतीलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित एकल महिला निवृत्तिभरणका लागि नीलो रङको पट्टा प्रदान गरिएको छ। रामेछापको आगलागी, राम्चेको पहिरो र भूकम्प लगायत विभिन्न घटनामा मृत्यु भएका, वीरगति प्राप्त गरेका तथा बेपत्ता भएका सैनिकका लागि कल्याणकारी कोषबाट मासिक उपलब्ध गराइएको दुई हजार लिनका लागि खैरो रङको पट्टा प्रयोगमा ल्याइएको छ।

    कोषबाट निवृत्तिभरण सहुलियत खाईपाई रहेका ९० देखि ९८ वर्ष ११ महीना ३० दिनसम्मका हिताधिकारीलाई मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउँदै अति ज्येष्ठ निवृत्तभरण सहुलियतको सूचीमा राखेर प्याजी रङको पट्टा प्रदान गरिएको निर्देशक सहायकरथी केसीले जानकारी दिए।

    निवृत्तिभरण सहुलियत लिएका ९९ वर्षमाथिका हिताधिकारीलाई अति ज्येष्ठ मासिक निवृत्तिभरण पाउने कोटीमा राखेर नेपाली सेनाले उक्त कोषबाट प्रतिमहीना १० हजार उपलब्ध गराउँदै आएको छ। उक्त कोटीमा रहेका नागरिकलाई रातो रङको पट्टा उपलब्ध गराइएको छ। उक्त कोषबाट हाल ८१ हजार भूतपूर्व सैनिक तथा आश्रित परिवारले सो सुविधा प्राप्त गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]