राजनीति

प्रतिनिधिसभा सांसद् यादवले दिए राजीनामा

साउन २८, २०७६

    काठमाडौं : सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन्। 

    यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ। 'उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी  छ' सभामुखको सचिवालयले भन्यो। 

    समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ।’
    यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।

    यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ। सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ। देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]