|
फाइल तस्विर

काठमाडौं : चेलीलाई बोलाएर माइतीले दर खुवाउने तीजको पर्व अब पहिलेजस्तो छैन।

दर खाने दिन आउनु महिनादिनअघि देखि नै पार्टी प्यालेसमा समूह समूहमा भेला भएर भड्किलो तरिकाले खानपान र नाचगान चल्छ। संघसंस्था र समूहहरुले खर्चिलो पाराले कार्यक्रम गर्छन्। यसपटक भने त्यस्ता कार्यक्रममा आयोजकले सचेत हुनुपर्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छ।

तीज नजिकिँदै जाँदा केही जिल्लमा स्थानीय प्रशासनले पार्टी प्यालेसहरुमा दर खाने कार्यक्रम गर्न रोक लगाएका छन्। दर खाने कार्यक्रम भन्दै ठूलो आवाजमा गीत बजाएर अरुलाई असर गरेको र गहना प्रदर्शन गरी विकृति निम्त्याएको भन्दै प्रशासनले कडाई गर्ने भएको हो। आधा दर्जन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेसमा दर खाने कार्यक्रम रोक लगाएका छन्।

धेरैजसो जिल्लामा यो निर्णयको विरोध भइरहेको छ। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले पनि विरोध जनाएको छ। निर्णय फिर्ता नलिए राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसमा गर्न नदिने चेतावनी महासंघले दिएको छ।e

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.