समाज : सुरक्षा/अपराध

श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या
SHARES

साउन २९, २०७६

    सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। 

    स्थानिय प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

    मंगलबार घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। घाँटी थिचेर घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा मंगलबार राति आनन्दीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए। 

    हत्यामा संलग्न प्रदीप फरार रहेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]