|

संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ। त्यसको बदलास्वरुप रसियाले पनि ३५ जना अमेरिकी कुटनितिक अधिकारीलाई देश निकाला गर्ने सीएनएनले उल्लेख गरेको छ

यसअघि अमेरिकाको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरेर डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोपमा अमेरिकाले रसियाली नागरिकलाई ७२ घण्टाभित्र देश छोड्न निर्देशन गरेको थियो।

यसको बदलास्वरुप शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले रुसमा रहेका ३५ अमेरिकी कुटनीतिक अधिकारीलाई देश निकाला गरिने बताएका थिए। उनले मस्कोस्थित अमेरिकी दुतावासमा कार्यरत ३१ जना र कन्सुलेटको कार्यालय टर्सवर्गमा कार्यरत ४ जना कुटनीतिक अधिकारीलाई देश निकाला गरिन लागेको बताएका छन्।

लाभ्रोभले चुनावमा रुसी संलग्नता अमेरिकाको तथ्यहीन आरोप भनेका छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार रसियालीलाई देश निकाला गरेको घोषणा गरेका थिए। कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले रसियालीलाइे देश निकाला गरेका हुन्। ओबामाले ३५ जना रसियाली नागरिक र विभिन्न ९ वटा संघ संस्थालाई आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन्।

पछिल्लो समय ती संस्था र व्यक्तिमाथि ह्वाइटहाउसको निगरानी थियो। ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्‍याएको जनाइएको छ।

ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्न रोक लगाइएको छ।

त्यसैगरी रसियाली सरकारको मातहतमा रहेको न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुई वटा कार्यालय पनि तत्काल बन्द गराइने अमेरिकी सरकारले जनाएको छ। 

अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन्।

अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले अनुसन्धान गरिरहेको थियो।

इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.