|
फोटोः बीबीसी

  • नारायण ढुंगाना

सौराहा (चितवन) : गएको एक वर्षमा नेपालमा २४ अर्ब रुपैयाँको मोबाइल फोन विक्री भएको छ।

नेपाल मोबाइल वितरक संघका अनुसार अघिल्ले वर्ष १८ अर्ब रुपैयाँको मोबाइल फोन विक्री भएको थियो। यो वर्ष ६ अर्ब बढेर २४ अर्बको फोन विक्री भएको नेपाल मोबाइल वितरण संघका केन्द्रीय महासचिव रघु त्रिपाठीले जानकारी दिए।

चितवनको सौराहामा शनिबार सम्पन्न संघको केन्द्रीय भेलाको निष्कर्ष सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विक्रीको विवरण सार्वजनिक गरेका हुन्। यही पुस १५ र १६ गते सौराहामा चलेको २ दिने भेलामा नेपालभरका २०० प्रतिनिधि सहभागी थिए।

नेपालमा विक्री भएका मोवाइल फोन मध्ये ५३ प्रतिशत सामसुङले बजार लिएको समेत जनाइएको छ। लाभा, कलर्स, ओपो, जिओनी, नोकिया लगायत कम्पनीका मोवाइल बढी प्रयोगमा छन्। अहिले नोकियाको विक्री भने कम छ।

संघका अध्यक्ष माधव रिजालले अहिलेको भेलाले अवैधानिक रुपमा भित्रिने मोबाइल फोन नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराएको बताए। भेलाले व्यवसायीको एकतामा जोड दिँदै र अवैध मोबाइल फोन रोक्न माग गर्दै विभिन्न १२ बुँदे कार्यदिशा तय गरेको छ। अहिले नेपालमा ३३ कम्पनीका मोबाइल विक्री हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.