|

काठमाडौं : नेपाल टेलिकमले चौथो पुस्ता मोबाइल सेवा फोरजी भोलिदेखि सुरु गर्दैछ।

गत कात्तिक ५ गते सरकारले फोरजीको लागि स्वीकृती दिएसँगै नेपाल टेलिकमले भोलीबाट  यसको 'सफ्ट लन्च'  गर्न लागेको हो। प्राविधिक परिक्षणबाट सफल भएसँगै नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिदै छ। आइतबार विशेष कार्यक्रमका बीच फोरजीको ‘सफ्ट लन्च’ हुनेछ। 

नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति लिएको छ। अधिकतम ३० एमबिपिएस गतिको अपलोड/डाउलोड डाटा उपलब्ध गराउन लागेको टेलिकमले अहिलेसम्म फोरजीको मुल्य निर्धारण गरेको छैन। 

यी प्रयोग कर्ताले फोर जी चलाउन सक्दैनन

यदी तपाइले पुरानो सिम प्रयोग गर्नु भएको छ भने तपाईले फोरजी सेवा उपयोग गर्न पाउनु हुने छैन।

सिमकार्डलाई फोर जी सेवाको लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डलाईमात्र त्यस्तो सेवाको अनुमति हुने प्राविधिक बताउछन्।  ‘५/७ वर्ष पहिले निकालिएका सिमलाई अहिले भेरिफाइड गर्न गाह्रो छ, यस्ता सिममा फोर जी चल्दैन’ नेपाल टेलिकमका इन्जिनियर राजेन्द्र पौडेलले थाहाखबरलाई भने।

पौडेलका अनुसार आइप्याड र केहि आइफोनले पनि यो सेवा सपोर्ट गर्ने छैन। एप्पलले आइफोन फोर एस देखि आइपोन फाइभ एससम्म लोकेसन कार्ड राखेको छैन। आइफोन फोर र फाइभ एस भन्दा माथिका मोबाइलमा भने एप्पलले लोकेसन इनेवल गर्नु पर्ने छ। यसको लागि एप्पलको स्वीकृती आवश्‍यक छ। ‘नेपाल टेलिकमको लागि लोकेसन कोर्ड ४२९०१ हो यसलाई एप्पलले अझै इनेवल गरको छैन’ इन्जिनीयर पौडेलले भने। लोकेस इनेवल गर्ने सम्बन्धमा नेपाल टेलिकमले एप्पलसँग छलफल भने सुरु गरेको बताएको छ।

के हो फोर जी? कस्ता छन् फाईदा?

फोर जी (फोर्थ जेनेरेसन), थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो।

फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ।यो सेवा अन्तर्गत मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्दछन्।

उपभोक्ताले फोर जी सेवा अन्तर्गत ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन पाउनेछन्।अहिले टेलिकमको थ्रीजी १२ एमविपिएस गतिमा चल्छ।

त्यस्तै फोरजी एलटिईमा ४२ एमविपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमविपिएसको गतिमा डाटा अपलोड गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.