|

काठमाडौं : सुष्मा खड्काले लेखेको समाजिक प्रेम कथामा आधारित उपन्यास 'सिमल'को चर्चित कलाकार हरिवंश आचार्यले विमोचन गरेका छन्।
विमोचन समारोहमा राजा राजेन्द्र पोखरेल, हरिमाया भेटवाल र अश्विनी कोइरालाले पुस्तकका विषयमा टिप्पणी गरे। 

सिमलका विषयमा कविता नै तयार पारेका राजा राजेन्द्रले आफ्नो कविताका सबैका अगाडि सुनाए। उनको कविता यस्तो छ : 
सिमल 
अडिन खोज्दा खोज्दै ढलेको प्रेमको कथा हो । 
निर्मम हावाको झोक्काले उडाएको सिमलको कथा हो ।
समस्या उठाउने तर समाधान नगर्ने समाजको कथा हो । 
बाबुआमाको नाक राख्‍न छोरीको गर्थन काट्ने समाजको कथा हो । 

राजेन्द्रले यस उपन्यासले प्रेमको आडमा समाजमा छोरीमाथि हुने विभेदका विरुद्ध विद्रोह गर्न खोजेको बताए। पुस्तकबारे टिप्पणी गर्दै हरिमाया भेट्वालले 
उपन्यासले अल्लारे प्रेम गर्नेलाई सकारात्मक बाटोमा मार्गदर्शन गराउन मद्दत गर्ने बताइन्।'२१ वर्षको लेखकले ५१ वर्षको जस्तो परिपक्वता सिमलमा लेखकले देखाएकी छिन्। यो विषयको कथा यही उमेरको लेखकले लेख्न सक्छ। पाठककै उमेरको लेखक हुनाले पे्रमको बारेमा पढ्न चाहनेहरुका लागि मन छुने उपन्यास हो सिमल।’ 
लेखक तथा पत्रकार अश्विनी कोइलाराले यस उपन्यासले सैद्धान्तिकभन्दा व्यवहारिक पक्षलाई प्राथमिकता दिएको बताए।‘प्रेम गरेर पनि शारिरीक सम्बन्ध नराखेको कुरा कता लुकाएजस्तो लाग्यो । मैले लेख्दै गरेको उपन्यासको घटनालाई पनि सिमलका घटनाले मलाई काट्न बाध्य बनायो त्यसैले यो उपन्यास सामाजिक प्रेम कथामा सबल छ।’
कलाकार हरिवंश आचार्यले लेखक सुष्मा खड्कालाई सफलताको शुभकामना दिए।'सानै उमेरमा सिमल लेखेकी छौ, नचले चुप लागेर अर्को लेख्‍न थाल्नु। चल्यो भने आफ्नो जिम्मेवारी झन् थपिएको ठान्‍नु,' उनले भने,'सिमलबाट उपन्यासमा यात्रा गरैकोले अब उनी लतमा परेकी छौ। अब लेखनमा लगातार लेख्‍ने गर्नु है। प्रेम नपाउँदा धेरै महत्व हुने तर पाएपछि महत्व घट्ने र गुमेपछि अझै महत्व बढ्ने छ। प्रेम एक जनालाई दिँदैमा सकिँदैन। एउटा प्रेम पश्चात अर्का व्यक्तिलाई प्रेम टुसाउन थाल्ने रहेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.