|
योजना आयोग परिसरमा प्रहरी । तस्बिर : जयसिंह महरा

काठमाडौं : राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन्। 

प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ। कीर्तिपुरको टौदह घर भएका उनले बेलुकै विष पिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ। प्रहरीले अहिले उनको शव भएको स्थानमा मुचुल्का उठाइरहेको छ। केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिए। 

तर उनले आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन। घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताएका छन्। उनले अनुसन्धान भइरहेकाले अहिले नै विस्तृतमा केही भन्‍न नसकिने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.