|

काठमाडौं : नेपालले सन् २०२० मा भ्रमण वर्ष मनाउँदैछ। २० लाख विदेशी पर्यटक ल्याउने लक्षसहित भ्रमण वर्षको तयारी सुरु भएको छ। नेपाललाई हवाई मार्गबाट विश्वसँग जोड्ने एक मात्रै त्रिभुवन विमानस्थललाई सिंगार्न थालिएको छ। 

बुटिक विमानस्थलको अवधारणा अनुसार विदेशी पर्यटक ओर्लिनेबित्तिकै नेपाली कला संस्कृति झल्किने गरी भित्रीदेखि बाहिरी भागसम्म सिंगार्न थालिएको हो। 

यसक्रममा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनललाई धमाधम सफा गर्न थालिएको छ। विमानस्थल प्रशासनले सफाइ मजदुर लगाएर विमानस्थल कार्यालय भवनको बाहिरी भाग पानीले पखाल्दैछ । त्यसपछि रंगरोगन गरेर विमानस्थल चिटिक्क बनाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.