समाज : सुरक्षा/अपराध

चितवनमा एक व्यक्तिद्वारा घाँटी रेटेर आत्महत्या
SHARES

Representative Photo
भदौ ७, २०७६

    चितवन : भरतपुर महानगरपालिका ज्योतिनगरमा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्।

    माडी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामबहादुर भुजेलले शनिबार चक्कुले घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    भुजेल भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको भिनाजू यमबहादुर ढकालको घरमा भेटघाटका लागि आएका थिए। उनले भिनाजूको घरको बाथरुममा साढे ४ बजेतिर घाँटी रेटेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

    मृतक भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन्।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]