|

रसुवा : मर्मत गरिएको तीन घण्टामै रसुवामा सडक भासिएको छ। पासाङ ल्हामु मार्गको धुन्चे राम्चे सडकखण्डको ब्राबल भिरमा मर्मत गरिएको तिन घण्टामै सडक भासिएको हो।

शनिबार राति परेको अविरल वर्षाले भासिएको सडक मर्मत गरी आइतबार बिहान १० बजेबाट सवारी आवत-जावत नियमित बनाइएको थियो। तर सडक मर्मत गरेको तीन घण्टा पुग्न नपाउदै पुन आइतबार दिउँसो १ बजे सडक चिराचिरा परी भासिएको हो।  

सडक भासिएपछि साना तथा ठूला सवारी आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनले भने, 'अबिरल वर्षाले सडक भन्दा ३० मिटर तल भासिएपछि मर्मत गरेर सवारी नियमित बनाएका थियौं। तर पुन सडकको १५ मिटर भागमा चिरा चिरा परी सडकभन्दा ३० मिटर तलबाट पहिरो गएपछि सवारी जावत-जावतमा रोक लगाएका छौँ'। 

सवारी आवत-जावतमा रोक लगाएपछि सयौ सवारी साधन बीच बाटोमै रोकिएका छन्। चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको करोडौंको सामान बोकेका मालबाहक कन्टेनर तथा केरुङ सामान लिन जान लागेका कन्टेनर तथा अन्य सवारी साधनबीच बाटोमै रोकिएर बसेका छन्। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक पनि यही हो। 

सडक नियमित संचालनका लागि ब्लाष्ट्रिङ गर्नुपर्ने हुनसक्ने बताइएको छ। त्यसका लागि गृहमन्त्रालयमा जानकारी गराइसकेको समेत भण्डारीले बताए। त्यस्तै सवारी संचालन गराउनका लागि सडकको कुनापट्टी ब्रेकर लगाएर पहरे काट्ने काम भइरहेको भण्डारीले बताए।

सबैखाले सवारी संचालनका लागि बैकल्पिक बाटो निर्माणका लागि पहल गरिरहेको पनि भण्डारीले बताए। त्यस्तै जिल्लाको अन्य ठाउँमा कुनै पनि अवरोध नरहेको प्रहरीले जनाएको छ। त्यस्तै रसुवा पहिरोको जोखिम जिल्ला हो।

पासाङहाममु मार्गको स्याउबारीदेखि सुवागढी सम्मको सडक पहिरोको जोखिममा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.