|

नवलपरासी : गत जेठ १९ मा गएको विनासकारी हावाहुरीबाट पीडित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका स्थानीयले क्षतिपुर्ति वितरण गरिएको छ। 

गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पीडित १५८ परिवारलाई १० लाख ७२ हजार रुपैयाँ उपलब्ध गराएको हो। हावाहुरीपछि प्रहरीले तयार पारेको मुचुल्काको आधारमा पीडितहरुलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। 

हावाहुरीले सुस्ता गाउँपालिकाका पाँच वटै वडाका १५८ स्थानीयको घरको छाना उडाएको थियो। क्षतिपूर्ति रकम लिन छुटेका र गाउँपालिकाले नाम सार्वजनिक गर्दा कोही छुटेको भए कार्यालयमा सम्पर्क गरेर रकम लिन गाउँपालिकाले अनुरोध गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.