समाज : सुरक्षा/अपराध

इन्टरपोलको ‘मोस्ट वान्टेड’ सूचीमा गण्डकीका तीन युवा
SHARES

भारतीय प्रहरीको आग्रहमा रेडकर्नर नोटिस

भदौ ९, २०७६

    पोखरा : कुनै एक देशमा अपराध गरी अर्को देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विभिन्न देशका प्रहरीबीच समन्वय र सहकार्य गर्ने संगठन हो अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)। यसमा नेपालसहित १ सय ९४ राष्ट्रका प्रहरी सदस्यको रूपमा रहेका छन्।

    यही इन्टरपोलको निसानामा छन् गण्डकी प्रदेशका ३ जना। पर्वतका दुईजना र म्याग्दीका एकजनालाई भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको इन्टरपोल स्रोतले जनाएको छ।

    आतंकवादी गतिविधि, हत्या, मानव बेचविखन जस्ता अपराधमा लागेका तर भारतीय प्रहरी र खुफिया एजेन्सी रअले समेत पत्ता लगाउन नसकेका केही नेपालीमध्ये गण्डकी प्रदेशका ३ जनाको नाम मोस्ट वान्टेडको लिस्टमा राखिएको हो।

    १. राजेश भागदुर (पर्वत)

    पर्वतका ३० वर्षीय राजेशलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको हो। उनले भारतमा विभिन्न वित्तीय संस्था र घर तोडफोड गरेर चोरी गरेको आरोप लागेको छ। त्यति मात्र होइन भारतविरुद्धका गतिवितिमा संलग्न रहेको अरोप पनि उनमा लागेको छ।

    २. रमेश भागदुर (म्याग्दी)

    म्याग्दी घर भएका २६ वर्षीय रमेश पनि राजेश जस्तै भारतमा विभिन्न वित्तीय संस्था र घर तोडफोड गरेर चोरी गरेर फरार अपराधी रहेको भारतीय प्रहरीले जनाएको छ। त्यसबाहेक उनीमाथि पनि आफ्नो देशविरुद्ध गतिविधि गरेको आशंकमा भारतीय प्रहरीले खोज्दा फेला नपारेपछि इन्टरपोललाई आग्रह गरेर रेड नोटिस जारी गरेको हो।

    ३. प्रेम सिंह (पर्वत)

    पर्वत माझफाँट–५ घर भएका ३२ वर्षीय प्रेम चोरी तथा भारतविरुद्ध गतिविधिमा संलग्न रहेको आरोपमा रेड नोटिसमा परेका हुन्।  उनीहरू जस्तै अन्य जसलाई भारतीय  प्रहरीको आग्रहमा रेड नोटिस जारी गरियो तीमध्ये कतिको ठेगाना, तस्वीर र उमेर पत्ता लागेको छैन।

    अरू नेपाली पनि छन् जसले भारतमा वितण्डा मच्याए

    अपहरण र गम्भीर अपराधमा संलग्न रहेका अरोपमा ३४ वर्षीया देवी ओली, चोरी तथा अन्य आपराधिक षडयन्त्रमा संलग्न रहेका ३६ वर्षीया चित्रइन्द्रा सभाद, विभिन्न आपराधिक गतिविधिमा संलग्न ३४ वर्षीय शिवराज फुलचन्द शर्मा, चोरीमा संलग्न ३७ वर्षीया नानु मगर, चोरीमा संलग्न ५१ वर्षीय राजबहादुर शाही, डकैती तथा अन्य आपराधिक गतिविधिमा संलग्न ३९ वर्षीय खुमराज थापा, हत्याको आरोपमा फरार ३७ वर्षीय भीमे दमाईं रहेका छन्।

    त्यसैगरी, चोरीको आरोपमा राजेश क्षेत्री, किर्ते काण्डमा काठमाडौंकी विनिता प्रधान, नक्कली कागजातको कारोबारीमा काठमाडौंकी माधवी श्रेष्ठ, चोरीका कुख्यात भनेर कहलिएका कृष्णबहादुर औजी, चोरीमा मनोजकरण जौगडी, हत्यामा ४२ वर्षीय सूर्यविनबहादुर तामाङ, हत्यामा ६७ वर्षीय चक्रसिंह ठकुरी, वन्यजन्तु मारेको

    अभियोगमा चिनियाँ मुलकका नेपाली नागरिक टासी छिरिङ छवाङका, हत्यामा काठमाडौंका ५६ वर्षीय ताहिर साह, चोरीको आरोपमा बझाङका वीरेन्द्रबहादुर थापा, हत्यामा विपिन विष्ट, हत्यामा तुलाराम बहादुर, ठगीमा हरिहर भुसाल, किर्तेमा पाल्पाका अनुप प्रधान मोस्ट वान्टेडको सूचीमा छन्।

    सामान्यतया चोरी, किर्ते, हत्यामा मात्र संलग्न भएका लागि भारतीय प्रहरीले यसरी इन्टरपोलको सहयोग माग्दैन। भारतविरुद्ध गतिविधि र आतंकवादीलाई सहयोग गरेको आरोप लागेका जो फरार भएर अन्य मुलुकमा बसेका छन् त्यस्ता अपराधीलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोलको सहयोग लिने गर्छ।   

सन्तोष अधिकारी

अधिकारी थाहा खबरका  पोखरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]