|

जनकपुरधाम : निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर गम्भीर घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका १३ स्थित रामसोगारथ साहको निर्माणाधीन घरको छतबाट खसेर सप्तरीको शम्भुनाथ नगरपालिका ६ का ४० वर्षीय मजदुर नन्दु मण्डलको मृत्यु भएको छ।

अर्का मजदुर सोही ठाउँका ३० वर्षीय हरिकान्त मण्डल छतबाटै लडेर गम्भीर घाइते भएका छन्।

घरको छतबाट खसेर मजदुर मण्डलको टाउँको र छात्तीमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते भएका अर्का मजदुरको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.