रामेछाप विमानस्थल स्तरोन्नति गरिने

|

काठमाडौं : अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन्। पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन्। यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरूसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने मन्त्री भट्टराईले बताएका छन्। 

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले यो योजनाको घोषणा गरेका हुन्।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन्। यो विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने पनि उनले बताए । 

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका प्रमुखहरूलाई मात्रै सवारी साधनसहित जान दिइने बताए। जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सवारीसहित प्रवेश पाउनेछन्। 

मन्त्री भट्टराईले त्यसक्रममा पशुपतिक्षेत्र, नेपाल वायुसेवा निगम, लुम्बिनीसहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याएका छन्। उनले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताए। चीनको गोन्जाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उनले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.