|
रवि लामिछानेसँग आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी। फोटो : पुडासैनीको फेसबुकबाट।

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका बारेमा चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ।

आदेशमा रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटी र अस्मितालाई साधारण ताखेमा छोड्नु भनिएको छ।

पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नुपूर्व मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। जसमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको बताएका थिए।

उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। पुडासैनीले आत्महत्या गरेको १० दिनपछि चितवन प्रहरीले रवि, युवराज र अस्मितालाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगेको थियो।

प्रहरी अनुसन्धान र अदालतको बयान तथा थुनछेक बहसका क्रममा १२ दिन प्रहरी हिरासतमा बसेका तीनैजनालाई अदालतले रिहा गर्न भनेको हो।

उनीहरूलाई असोज ५ गते तारेख पनि तोकिएको छ।

रवि, युवराज र अस्मिताका नाममा जारी भएको अदालतको आदेशको पूर्णपाठ पढ्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.