|

सल्यान : वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका एक नेपालीको मृत्यु भएको छ। सल्यान वामे गाविस ९ काभ्राका ३४ वर्षिय केशरपुन मगरको मलेसियाको पोर्ट केलाङमा हृदयघातका कारण मत्यु भएको उनका आफन्त शिला मगरले जानकारी दिए।

रोजगारीका लागि ७ महिना अघिमात्र मलेसिया पुगेका मगरको मृत्युको खबरसँगै परिवार शोकमा परेको छ। मगरको भरमा परिवार चलिरहेको समयमा उनको निधनसँगै परिवारको विचल्ली हुने भएको छ। उनका तीन छोरा र एक छोरी छन्। मगरको शव नेपाल ल्याउने प्रक्रिया अघि बढिरहेको शिलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.