|

कालिकोट : जिल्ला अस्पताल कालिकोटमा भारइल ज्वरोका बिरामी बढेका छन्। वर्षे मौसमका कारण भारइल ज्वरोका बिरामी बढेका हुन्।

जिल्ला अस्पताल कालिकोटमा आजभोलि दैनिक २० देखि ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। खाँडाचक्र नगरपालिका २ मेग्र, भर्ता र पोरीपाल्नी ४ को ताडी लगायतका ठाउँमा भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला अस्पताल कार्यालयका सूचना अधिकारी दीपबहादुर रावलले बताए। 

मौसमीमा आएको परिवर्तनका कारणले भाइरल ज्वरोका बिरामी बढेको बिगतको केही दिनदेखि अस्पतालमा बिरामी आउने क्रम बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कटकबहादुर महतले बताए। ‘विगत केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्’ उनले भने,‘मौसमीमा आएको खराबीका कारणले बिरामीको संख्या बढेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.