|

जाजरकोट : उपचारको अभावमा १७ वर्ष देखि थला परेका जाजरकोटका अमर आग्रीको उपचारका लागि बेलायतबाट सहयोग जुटेको छ। सुकुम्बासी परिवारका अमरको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले २० हजार रुपैयाँ सहयोग गरेका हुन्।

म्याग्दी घर भई बेलायतमा बस्ने ख्याम शेरचन र गीता गिरी शेरचनले अमरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको बताएका छन्।

हात , खुट्टा नचल्ने, कान नसुन्ने र बोल्न नसक्ने अमर १७ वर्षदेखि ओछयानमा थला परेका छन्। परिवारका सदस्यले अमरले खाना र दिसा पिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछयानमा दिसा र पिसाबसँगै पल्टिरहेका हुन्छन्।

उनको हेरचाह बाबु आमाले गर्दै आएकोमा आमाको मृत्युपछि झन् समस्यामा परेका छन्। उनलाई दैनिक खुवाउने खाना पनि झिंगाले फोहरै फोहर बनाएको हुन्छ। अरुको साहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा  लाग्दा पानी समयमा पाउन सक्दैनन्।

अमरका बाबु जने आग्रीले आर्थिक अभावमा  अमरलाई धामी झाक्री बाहेक उपचारमा अन्यत्र कतै लैजान नसकेको बताए। अमरसहित घरमा जनेका ४ छोरा र ५ छोरी छन्। जनेको परिवार सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरोमा बसिरहेका छन्। जनेले सरकारले वितरण गरेको हलिया परिचय पत्र  पाएका छन् तर सरकारी सहयोग पाउन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.